ADD FOR WEBSIDE ADD FOR WEBSIDE
विश्वकप लिग–२

क्यानडासंग फेरि हार्‍यो नेपाल ,नेपालमा ब्याटर सकिएको हो ?

सोमबार, असोज ७, २०८१

काठमाडौँ : आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

आइतवार राती भएको खेलमा नेपाल ५ विकेटले पराजित भएको हो । जितकालागि नेपालले दिएको १८२ रनको लक्ष्य क्यानाडाले ४२ ओभरको समाप्तीमा ५ विकेट गुमाएर भेटायो ।

उसको जितमा नवनीत धालिवालले सर्वाधिक ८७ तथा पारगत सिंले ६४ रन जोडे । त्यसअघि किङ सीटीमा टस जितेर पहिले ब्याटिङ थालेको नेपाल ४६.१ ओभरमा सवै विकेट गुमाउँदै १८१ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४९ रन जोडे ।

गुल्शन झाले ३४, करण केसीले २४ तथा सोमपाल कामीले २१ अर्जुन साउद र आरिफ शेखले समान १०/१० रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

कप्तान रोहित पौडेल र भिम सार्की  ४ रनमा आउट हुँदा आशिफ शेख २ तथा अनिल शाह एक रनमा पेवेलियन फर्किएका थिए । नेपालको यो लगातार तेस्रो हार हार हो ।

जितसंगै शिर्ष क्यानाडा स्थानमा उक्लिएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०६:४७
प्रतिक्रिया दिनुहोस्