ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यू- १७ च्याम्पियनसिप नेपालको पहिलो जित 

सोमबार, असोज ७, २०८१

काठमाडौँ : १७ बर्ष मुनिको च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ ।

भुटानको चाङलिमिथाङ रङ्गशालामा आज भएको खेलमा श्रीलंकाविरूद्ध ४–० को जित निकाल्दै नेपालले सेमिफाइनलमा पुग्ने संभावनालाई जिवितै राखेको छ । नेपालको जितमा सुजल डंगोलले दुई गोल गरे ।

May be an image of 2 people, people playing soccer, people playing football and text

जोन विष्ट र बिज्ञान खड्काले एक/ एक गोल गरे । पहिलो हाफमा ३–० को फराकिलो अग्रता बनाउको नेपालले दोस्रो हाफमा अर्को एक गोल थप्यो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो ।

समुहमा "बी" मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा बुधबार भुटासँग खेल्नेछ ।

May be an image of 2 people, people playing football, people playing soccer and text

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्