ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एन्फा महिला लिगमा सर्वाधिक गोलको रेकर्ड

सुदूरपश्चिमको  पोष्टमा एपिएफको १९ गोल 
सोमबार, असोज ७, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा गोलको नयाँ रेकर्ड बनेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा शिर्ष स्थानको एपिएफले सुदूरपश्चिम प्रदेश विरुद्ध १९ गोल गर्दै सर्वाधिक गोलको किर्तिमान बनाएको हो । १९–० ले पराजित सुदुरपश्चिमको यो लगातार आँठौ हार हो ।

एपिएफको जितमा रश्मी कुमारी घिसिङ र अनिता कुमारी केसीले सर्वाधिक चार/चार गोल गरिन् । प्रिति राईले तीन गोल गरिन् । कुसुम खतिवडा र सबिता रानाले दुई/दुई गोल गरिन् । रेनुका हमाल र सरु लिम्बुले एक/एक गोल गरिन् ।  

दुई गोल एपिएफले आत्माती स्वरुप पाएको थियो । सातौँ जितसंगै एपिएफले २२ अंक जोडेको छ । यसअघि आजै भएको पहिलो चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल भने बराबरीमा टुङ्गिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजसम्पन्न खेलमा कोशी प्रदेशविरुद्ध चन्द्रपुरले सुरूआती अग्रता जोगाउन नसक्दाखेल १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलको ५१औं मिनेटमा चन्द्रपुरकी सुनिता सुनारले गोलगर्दै सुरूआती अग्रता दिलाएकी थिइन ।

तर, ८०औं मिनेटमा कोशीकी ममता राउतले गोल गर्दै खेल बराबरीमा ल्याएकी हुन् । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्