ADD FOR WEBSIDE ADD FOR WEBSIDE

वादोकाई कराँते संघको अध्यक्षमा आइतमान तामाङ निर्वाचित

मंगलबार, असोज ८, २०८१

काठमाडौँ : मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ नेपाल वादोकाई कराँते संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

सोमवार भएको चौथो अधिवेशनबाट अध्यक्षमा तामाङसंगै २३ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएका हुन् । काभ्रेका देबवहादुर लामा,बाँकेका कमल बस्नेत,मकवानपुरका शशिकुमार तितुङ, काभ्रेको जेबि अधिकारी(दिपक), बाराको गोवर्धन खड्का(सुमन) ,सुस्मिता तामाङ,सुदुरपश्चिमका चुडामणी भट्ट सहित सात जना उपाध्यक्षमा निर्विरोध भएका छन् ।

महासचिवमा दोलखाका नारायणबहादुर मगर,कोषाध्यक्षमा काठमाडौका सुजेन्द्र केसी,सचीवमा महेश महर्जन, रोदाना घिमिरे चयन भएका छन् ।

सदस्यहरुमा देवकुमार कोइराला,मोहन तामाङ,अमिर लामा,सोमबहादुर तामाङ,रामकृष्ण अधिकारी,नारायण सापकोटा,भक्तबहादुर तामाङ,रुपा महर्जन चयन भएका छन् ।

अध्यक्ष तामाङ यस अघिको कार्यकालमा सचीवको भुमिकामा दिए ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्