ADD FOR WEBSIDE ADD FOR WEBSIDE
विश्वकप लिग टु

नेपालले आज ओमानसंग खेल्दै तर ठिक छैन लय

मंगलबार, असोज ८, २०८१

काठमाडौँ : आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवशीय सिरजमा आज नेपालले ओमानसँग खेल्दैछ ।

क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा राती ८ः४५ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजिमाा हुनेछ । लगातार हारसँगै लय गुमाएको नेपालको ब्याटिङ लाईन निकै खस्किएको छ । भरपर्दा र नाम चलेका ब्याटरहरु रन बनाउन चुक्दा बलरहरुले नेपाली टोलीको साख जोगाइदिनु परेको छ ।

पछिल्ला खेलहरुमा ब्याटरका तुलनामा बलरहरुले औसतमा निकै राम्रो रन बनाएका छन् । कप्तान रोहित पौडेल र प्रशिक्षक मोन्टी देशाईले प्लेईङ इलेभनमा समेत निकै फेरबदल गरिदिँदा नेपाली टोलीको प्रदर्शन धर्मराएको प्रष्ट देखिन्छ।

पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो हार भोगेको नेपालले दोस्रो खेलमा ओमानसँग १ विकेटले स्तब्ध बनेको थियो । तेस्रो खेलमा क्यानडासँग फेरि ५ विकेटले पराजित भएपछि नेपाली टोली निकै दबामा छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्