ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एन्फा महिला लिगमा आज दुई खेल हुँदै

मंगलबार, असोज ८, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटवलमा आज दुई खेलहरु हुदैँछन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बिभागिय टोली त्रिभुवन आर्मी र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो १२:३० बजे हुने खेलमा आर्मी छैटौ जित निकाल्दै शिर्ष स्थानको एपिएफसंग ३ अंकको दुरी कायम राख्ने दाउमा हुनेछ ।

वालिङ पनि आर्मीलाई हराउँदै तेस्रो स्थानको पुलिससंग अंक बराबरी गर्ने योजनामा छ । एन्फा कम्प्लेक्समा दिउँसा ३ः३० बजे हुने अर्को खेलमा बागमती र संकटा आमने सामने हुँदैछन् ।

संकटा बागमतीलाई हराउँदै शिर्ष पाँचमा पुग्ने दाउमा छ भने बागमती संकटालाई पराजित गर्दै छैटौ स्थानमा उक्लने दाउमा छ । जारी लिगमा एपिएफ २२ अंक सहित शिर्ष स्थानमा छ ।

१६ अंकको आर्मी दोस्रो तथा १५ अंकको पुलिस तेस्रो स्थानमा छ । १२ अंकको वालिङ चौथो,११ अंकको कोशी पाँचौ,८ अंकको संकटा छैटौ,८ अंककै चन्द्रपुर सातौँ,७ अंकको बागमती आँठौ,४ अंकको कर्णाली नवौँ तथा अंक बिहिन सुदुरपश्चिम दशौँ स्थानमा छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्