ADD FOR WEBSIDE ADD FOR WEBSIDE

वालिङ विरुद्ध आर्मीको सहज जित

मंगलबार, असोज ८, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिका विरुद्ध सहज जित निकालेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई ८–० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा चन्द्रा भण्डारीले ह्याट्रिक गोल गरिन् ।

बिमला बिक र अमिशा कार्कीले दुई/दुई गोल गर्दा फातुमाह नाकासुम्वाले एक गोल थपिन् । जितसंगै दोस्रो स्थानको आर्मीले १९ अंक वोडेको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्