ADD FOR WEBSIDE ADD FOR WEBSIDE

जिम्बाब्वे बिरुद्धको टि–२० सिरिज बङ्गालादेशलाई

बुधबार, वैशाख २६, २०८१

काठमाडौँ :जिम्बाब्वे बिरुद्धको टि–२० सिरिज बङ्गालादेशले जितेको छ । पाँच खेलको सिरिजमा लगातार तीन खेल जित्दै घरेलुटोली बङ्गलादेशले सिरिज दुई खेल बाँकी छँदै ३–० ले आफ्नो पक्षमा पारेको हो ।

सोमबार साँझ भएको खेलमा जिम्बाबे ९ रनको झिनो अन्तरले पराजित हुन पुगेको हो । जितका लागि घरेलुटोलीले दिएको १६६ रनको लक्ष्य पछ्याएको पाहुना टोली जिम्बाब्वेले निर्धारित २० ओरभमा ९ विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो । जिम्बाब्वेका लागि फाराज अक्रमले नटआउट ३४ रन जोडे ।

तडिवानासे मरुमणिले ३१ तथा जोनाथन क्याम्वेलले २१ रन बनाए । त्यसअघि बङ्गलादेशको जहुर अहमद चौधरी स्टेडियम, चट्टोग्राममा टस जितेको जिम्बाबेले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको बङ्गलादेशले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

उसका लागि तौहिद हृदयले सर्बाधिक ५७ तथा जकिर अलीले ४४ रन जोडेका थिए । पहिलो खेलमा बङ्गलादेशले जिम्बाब्वेलाई ८ विकेटले हराउँदा दोस्रो खेल पनि ६ विकेटले जितेको थियो ।

टि–२० बिश्वकपको तयारी स्वरुप बङगलादेशको भ्रमणमा रहेको जिम्बाब्वेले त्यहाँ रहँदा पाँच ओटा टि–२० खेल खेल्नेछ । दुई खेल बाँकी छँदै बङ्गालादेशले सिरिज कब्जा गरेको हो । चौथो खेल आगामी शुक्रबार हुनेछ । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्