ADD FOR WEBSIDE ADD FOR WEBSIDE

साफ महिला च्याम्पियनसिपका लागि ४० खेलाडी बन्द प्रशिक्षणमा 

मंगलबार, असोज ८, २०८१

काठमाडौँ : नेपालमा हुने साफ महिला च्याम्पियनसिपको लागि ४० खेलाडीहरु बन्द प्रशिक्षणमा छानिएका छन् ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जारी एन्फा लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीहरु समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

साफ महिला च्याम्पियनसिप आगामी अक्टोबर १७–३० सम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुँदैछ । प्रतियोगितामा नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान समूह ए मा छन् भने साविक विजेता बंगलादेश, भारत र पाकिस्तान समूह बी मा छन् । 

-यी हुन् बन्द प्रशिक्षणमा छानिएका ४० खेलाडी :

टोलीः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, गीता राणा, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिरा भुजेल, प्रतिकचौधरी, रेणुका नगरकोटी, प्रीति राई, सविता लिम्बू, सरुता शाह राणा मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी, चन्द्र भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली सुस्म्याङ, सुश्री तामाङ, चन्द्राकुमारी । मिया, सजिना कोइराला, नेहा कुमारी चौधरी, सजनी थोकर, अनिता लामगेल, लीला जोशी, सुशीला चौधरी, कुश्मा राई, सुनिता भुलन ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्