ADD FOR WEBSIDE ADD FOR WEBSIDE
विश्वकप लिग टु

नेपाललाई ठूलो राहत,ओमानसंगको खेल रद्द

बुधबार, असोज ९, २०८१

काठमाडौँ :आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिशीय सिरिजमा नेपाललाई ठूला राहत मिलेको छ ।

निरन्तर तेस्रो हार भोगेको नेपाललाई ओमानसंगको चौथो खेलमा बर्षा बाधक बन्दा राहत मिलेको हो । क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा मंगलवार बेलुका ८ः४५ बजेका लागि खेल तालिका तय भएपनि निरन्तरको वर्षा भएपछि खेल रद्द भएको हो । खेल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाडेका छन् ।

खराब लयमा रहेको नेपाल पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले पराजित हुँदा दोस्रो खेलमा ओमानसँग १ विकेटले स्तब्ध बनेको थियो । तेस्रो खेलमा घरेलुटोलीसंग ५ विकेटले पराजित भएको थियो ।

लिग टुको अंक तालिकामा नेपाल ३ अंकका साथ सातौँ स्थानमा छ । २ अंकसहित युएई पुछारमा रहँदा १४ अंकको क्यानाडा शिर्ष स्थानमा छ । १२ अंक सहित क्यानाडा र नेदरल्याण्ड क्रमश :दोस्रो र तेस्रो स्थानमा छ ।


 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्