ADD FOR WEBSIDE ADD FOR WEBSIDE

उज्वेकिस्तानसंग नेपाल ६ शुन्य गोलले पराजित

बुधबार, असोज ९, २०८१

काठमाडौँ : बीस बर्ष मुनिको एफसी एसियन कप छनोटमा नेपाल उज्वेकिस्तानसंग पराजित भएको छ । न्यू ताइपेइ सिटीमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसंग ६–० गोलले पराजित भएको हो ।

May be an image of 2 people, people playing soccer, people playing football and text

समूह "बी" को शीर्ष दुईमा रहेर चीनमा अर्को वर्ष हुने प्रतियोगितामा छनोट हुने लक्ष्यसाथ चाइनिज ताइपेइ पुगेको नेपालले सुखद् सुरुआत भने गर्न सकेको छैन ।

पहिलो खेलमा समान स्तरको कम्बोडियासँग नेपाल ४–१ ले पराजित भएको थियो । उक्त खेलमा नेपालको तर्फबाट समीर तामाङले मात्रै गोल गर्न सकेका थिए ।

May be an image of 3 people, people playing football, people playing soccer and text

समीरले दोस्रो खेलमा ह्याट्रिक गरेपछि नेपालले सोमबार घरेलु टोली चाइनिज ताइपेइसँगको खेलमा ३–१ को जितसहित प्रतियोगितामा पुनरागमन गरेको थियो ।

May be an image of 5 people, people playing football, people playing soccer and text

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्