ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कर्णाली विरुद्ध पुलिसको सहज जित

बुधबार, असोज ९, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको छ  ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले कर्णाली प्रदेशविरुद्ध ३–० को सहज जित निकालेको हो । पुलिसको जितमा निर्मला उपाध्याय,मनिषा राउत र सम्झना लावतीले एक/एक गोल गरिन् ।

पुलिसकी सम्झना लावती प्लेयर अफ दि म्याच घोषित भईन् । जितसंगै तेस्रो स्थानमा रहेको पुलिसको १८ अंक जोडको छ । जारी लिगमा २२ अंकको एपिएफ शिर्ष स्थानमा छ । १९ अंकसहित आर्मी दोस्रो स्थानमा छ । पुलिस र कर्णालीको खेलसंगै आठाँै चरणका खेलहरु सकिएका छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्