ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एक दिवशीय क्रिकेटमा नेपालको वरियता खस्कियो

बुधबार, असोज ९, २०८१

काठमाडौँ : एक दिवशीय क्रिकेटमा नेपालको वरियता खस्किएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको हो । यसअघि १६ औँ स्थानमा रहेको नेपाल यस पटक १७ औँ स्थानमा आईपुगेको छ । आईसीसी विश्वकप लिग २ मा अन्तर्गत क्यानाडामा रहेको नेपाले लगातार तीन खेपराजय भोगेपछि वरियता खस्किएको हो ।

अमेरिकाले एक स्थान सुधार गर्दै नेपाल भन्दा माथि १६ औँ स्थानमा पुगेको छ भने क्यानाडाले चार स्थान सुधार गरेको छ । न

याँ वरियतामा क्यानाडा १५ औँ स्थानमा उक्लिएको छ । भारत एक दिवशीय वरियताको शिर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ ।
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्