ADD FOR WEBSIDE ADD FOR WEBSIDE

साफ यु–१७ : भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

बिहीबार, असोज १०, २०८१

काठमाडौँ : भुटानलाई स्तब्ध पार्दै नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान थिम्पुस्थित चङ्लिमिथाङ रंगशालामा एक शुन्यले पछि परेको नेपालले उत्कृष्ठ पुनरागमन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको ४३औं मिनेटमा योनतेन थारचेनले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक शुन्यले पछि परेको नेपालले दोस्रो हाफमा राम्रो प्रदर्शन गरेको थियो ।

May be an image of 3 people, people playing soccer, people playing football and text

खेलको ५६ औँ मिनेटमा कृष्ण बहादुर आलेले गोर गरेपछि  खेल १–१ बराबरीमा पुग्यो ।

खेल सकिन पाँच मिनेट बाँकी छँदा घरेलु सुजन डंगोलले अर्को गोल थप्दै नेपाललाई २–१ को स्पष्ट जित दिलाए ।

समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको नेपालले सेमिफाईनलमा शनिवार भारतसंग खेल्नेछ । 

May be an image of 4 people, people playing football, people playing soccer and text

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्