ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला लिग फुटबलमा आज दुई खेल

बिहीबार, असोज १०, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुने भएका छन् ।

सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेलमा चन्द्रपुर र वालिङ तथा कोशी र सुदुरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो १२:३० बजे हुने पहिलो खेलमा चन्द्रपुरलाई हराउँदै वालिङ पाँचौ जित निकाल्न चाहान्छ । चन्द्रपुर पनि वालिङलाई हराउँदै छैटौ स्थानमा उक्लने दाउमा छ ।

जारी लिगमा चन्द्रपुर आँठौ तथा वालिङ चौथो स्थानमा छ । दिउँसो ३:३० बजे हुने दोस्रो खेलमा ६५ गोल खाँदै जित विहिन सुदुरपश्चिम पहिलो जितको खोजिमा हुनेछ ।

पाँचौ स्थानको कोशी सुदुरपश्चिमलाई पाखा लगाउँदै चौथो स्थानमा उक्लने दाउमा छ ।

जारी लिगमा २२ अंकको एपिएफ शिर्ष स्थानमा छ । १९ अंकको आर्मी दोस्रो तथा १८ अंकको पुलिस तेस्रो स्थानमा छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्