ADD FOR WEBSIDE ADD FOR WEBSIDE
एन्फा महिला लिग

कोशी र वालिङ दोस्रो चरणमा प्रवेश

बिहीबार, असोज १०, २०८१

काठमाडौँ : कोशी प्रदेशसंग हार ब्यहोर्दै सुदुरपश्चिम प्रदेश एन्फा महिला लिग फुटबलबाट बाहिरिएको छ ।

एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा कोशी प्रदेशसंग चार शुन्यको हार ब्यहोर्दै सुदुरपश्चिम पहिलो चरणबाटै बाहिरएको हो । कोशीको जितमा समिक्षा मगरले दुई गोल गरिन् ।

खुसी राई र ममता राउतले एक /एक गोल गरिन् । जितसंगै कोशी शिर्ष पाँचमा रहन सफल भएको छ । सदुरपश्चिमले खेलेका सबै ९ खेलमा पराजय भोग्दै प्रतियोगिता भर ६९ गोल खाएको छ ।

आजै भएको पहिलो खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो । वालिङको जितमा सुक्रिया मिया र ज्याकिलिन नसालीले समान एक/एक गोल गरिन् ।

चन्द्रपुरका लागि सुनिता सुनारले एक गोल फर्काइन् । जितसँगै ९ खेलबाट १५ अंक जोडेको वालिङ लिगको दोस्रो चरणमा प्रवेश गरेको छ ।

समान खेलबाट सात अंक जोडेको चन्द्रपुर भने प्रतियोगिताबाट बाहिरिएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्