ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल:

दिल्लीसंग हार्‍यो राजस्थान

बुधबार, वैशाख २६, २०८१

काठमाडौँ :ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससंग पराजित भएको छ । सोमबार राती भएको खेलमा राजस्थान,दिल्लीसंग २० रनले पराजित भएको हो ।

हारसंगै राजस्थानको शिर्ष स्थानमा उक्लने योजना चकनाचुर भएको छ । जितका लागि २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन मात्र बनाउन सक्यो ।

उसकालागि कप्तान सञ्जु सामसनले सर्बाधिक ८६ रनको पारी खेलेपनि जित दिलाउन सकेनन् । यस्तै रियान परागले २७,शुभम् द्धिवेले २५ तथा जोस बटलरले १९ रन जोडे ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिले ब्याटिङमा तानिएको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २२१ रन बाएको थियो । दिल्लीकालागि अभिषेक पर्लले सर्बाधिक ६५,जेक फ्रेजर–म्याकगुर्कले ५० तथा ट्रिस्टन स्टब्सले ४१ रन जोडेका थिए ।

जितसंगै छैटौ स्थानको दिल्ली एक स्थान सुधार गर्दै पाँचौ स्थानमा उक्लिएको छ । प्रतियोगिता अन्तर्गत बुधबार सनराईजर्स हैदराबाद र लखनाउ सुपर जायन्टसबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगमा १६ अंक सहित कोलकात्ता नाईटराईडर्स शिर्ष स्थानमा छ र समान अंकको राजस्थान दोस्रो तथा १२ अंकको चेन्नेई तेस्रो स्थानमा छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०५:३५
प्रतिक्रिया दिनुहोस्