ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एन्फा महिला लिगमा आज पनि दुई खेल हुने

शुक्रबार, असोज ११, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा आज पनि दुई खेल हुने भएका छन् ।

पहिलो खेलमा दिउँसो १२ :३० बजे एपिएफ र बागमती तथा दिउँसो ३:३० बजे हुने दोस्रो खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुवै खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । प्रतियोगिताबाट बाहिरिसकेको बागमती र कर्णालीका लागि यो खेल औपचारिकता मात्रै रहने छ । दोस्रो चरणमा पुग्ने पाँच टोलीको भने छिनोफानो भईसकेको छ । ए

पिएफ,पुलिस ,आर्मी ,वालिङ र कोशी अर्को चरणमा प्रवेश गरेका हुन् । बागमती,संकटा,चन्द्रपुर,कर्णाली र सुदुरपश्चिम प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्