ADD FOR WEBSIDE ADD FOR WEBSIDE

रश्मीको ह्याट्रिकमा एपिएफले बागमतीलाई ७ शुन्यले हरायो

शुक्रबार, असोज ११, २०८१

काठमाडौँ : रश्मी कुमारी घिसिङले ह्याट्रिक गोल गरपछि एन्फा महिला लिग फुटबलमा एपिएफले बागमतीलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा एपिएफले बागमती विरुद्ध ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । एपिएफको जितमा रश्मी कुमारी घिसिङ एक्लैले चार गोल गरिन् । अनिता बस्नेत र सविता राना मगरले एक/एक गोल गरिन् ।

एपिएफले एक गोल भने उपहार पाएको थियो । खेलको ४० औँ मिनेटमा सुनिता भुलानले आत्मघाती गोल गर्न पुगिन् ।

जारी लिगमा सर्वाधिक गोल कर्ताको सुचिमा एपिएफकी रश्मी कुमारी घिसिङ शिर्ष स्थानमा छिन् । घिसिङले ९ खेलमा १७ गोल गरेकी छन् ।  हारसंगै बागमती प्रतियोगितबाट बाहिरिएको छ ।

आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्