ADD FOR WEBSIDE ADD FOR WEBSIDE

समुह चरणको अन्तिम खेलमा पुलिस र संकटा भिड्दै

सुपर लिगका खेलहरु तिहारपछि 
शनिबार, असोज १२, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबल अन्तर्गत आज समुह चरणको अन्तिम खेल हुने भएको छ ।

आज हुने एक मात्र खेलमा नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो । आजको खेल त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा हुने भनिएपनि बर्षाका कारण एन्फा कम्प्लेक्स सातदोवाटोमै खेलाईने एन्फाले जनाएको छ ।

सुपर लिगअघिको अन्तिम खेलमा पुलिस संकटालाई हराउँदै दोस्रो स्थानमा पुग्ने योजनामा हुनेछ । संकटा भने यसअघिनै प्रतियोगिताबाट बाहिरिसकेको छ । यी दुई टोलीबीचाको खेल आज दिउँसो साँढे १ बजे एन्फा कम्प्लेक्समा हुनेछ ।

जारी लिगमा अपराजित एपिएफ २५ अंक सहित शिर्ष स्थानमा छ । १९ अंकको आर्मी दोस्रो तथा १८ अंकको पुलिस तेस्रो स्थानमा छ । १५ अंकको वालिङ चौथो तथा १४ अंकको कोशी पाँचौ स्थानमा छ ।

यी पाँचै टोली सुपर लिगमा पुगिसकेका छन् । सुपर लिगका खेलहरु तिहारपछि सञ्चालन हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०५:१७
प्रतिक्रिया दिनुहोस्