ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आर्मीसंग कर्णाली पाँच शुन्यले पराजित

शुक्रबार, असोज ११, २०८१

काठमाडौँ : एन्फा महिला फुटबलमा बिभिागिय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा आज भएको खेलमा कर्णालीविरुद्ध आर्मीले ५–० को जित निकालेको हो । आर्मीको जितमा चन्द्रा भण्डारी,बिमला चौधरी,अमिसा कार्की ,दिपा शाही र दिपा राईले एक/एक गोल गरिन् ।

जितसंगै दोस्रो स्थानको आर्मीले १९ अंक जोडेको छ । खेलमा उत्कृष्ठ प्रदर्शन गरेकी आर्मीकी डिफेन्डर निलम सिं प्लेअर अफ दि म्याच घोषित भईन् ।

May be an image of 2 people, people playing football, people playing soccer, people playing tennis and text

आजै भएको पहिलो खेलमा शिर्ष स्थानको एपिएफले बागमतीलाई ७–० गोलको फराकिलो अन्तरले हराएको छ ।

एपिएफको जितमा रश्मी कुमारी घिसिङले ह्याट्रिक गोल पुरा गर्दै चार गोल गरिन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्