ADD FOR WEBSIDE ADD FOR WEBSIDE
त्रिकोणात्मक टी–२० सिरिज

नेपाल र क्यानाडाको खेल आज 

शनिबार, असोज १२, २०८१

काठमाडौँ : नेपाल ,ओमान र क्यानाडा सम्मिलित त्रिकोणात्मक टी–२० आईसिरिज आज सुरु हुँदैछ ।

उद्घाटन खेलमा नेपालले आज राती ९ः४५ बजे घरेलुटोली क्यानाडासंग किङ्गस सीटीमा प्रतिस्पर्धा गर्ने छ । एक दिवसीय सिरिजमा खराब प्रदर्शन गरेको नेपालले टी–२० फरम्याटमा सुधारिएको प्रदर्शन गर्ने अपेक्षा छ ।

दोस्रो खेलमा नेपालले आइतवार ओमानसंग खेल्ने छ । आगामी मंगलवार नेपालले क्यानाडा तथा ओमानसंग बुधवार दोस्रो खेल खेल्ने छ ।

त्यस लगत्तै नेपाल आईसीसी एक दिवसीय विश्वकप लिग टु का लागि अमेरिका जानेछ । एव दिवसीय अघि नेपालले अमेरिकासंग पनि टी–२० खेल्ने तालिका छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्