ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पहिरोले वगाउँदा ६ फुटबल खेलाडी बेपत्ता

शनिबार, असोज १२, २०८१

काठमाडौँ : पहिरोले वगाउँदा १४ बर्ष मुनिका ६ जना फुटबल खेलाडी बेपत्ता भएका छन् ।

मकवानपुर स्थित अखिल नेपाल फुटबल संघ एन्फाले सञ्चालन गरेको सिस्नेरी एकेडेमीमा रहेका हेटौडाका अनुप घलान, मकवानपुरका साइमन योञ्जन,सर्लाहीका  आदित्य बलपाकी,काठमाडौंका रियान्स आचार्य,बाराका  बिकल रेग्मी र मकवानपुरका  दिवस बानिया बेपत्ता भएका हुन् ।

एकेडेमीमा ३८ देखि ४० जाना खेलाडीहरु रहेको बुझिए पनि यकिन तथ्याङ आउन सकेको छैन ।

उनीहरुलाई सुरक्षित स्थानमा सार्ने क्रममा एकासी पहिरोमा खसेको थियो । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्