सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : जर्मन क्लब बोरुसिया डर्टमुण्ड ११ बर्षपछि युरोपेली च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको खेलमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मान (पिएसजी) लाई दोस्रो लेगमा १–० सहित समग्रमा २–० ले हराउँदै डर्टमुण्ड च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।
डर्टमुण्डको जितमा खेलको ५० औँ मिनेटमा गोल म्याट्स हुमेल्सले गरेको गोल नै निर्णायक बन्यो । केलियन एम्बाप्पे सहित स्टार खेलाडीहरुले भरिएको पिएसजी यसपटक पनि अभागी साबित भयो ।
डर्ट मुण्डले उपाधिका लागि बायर्न म्युनिख र रियल म्याड्रिडबीचको विजेतासंग खेल्नेछ ।