ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बेपत्ता खेलाडीको खोजी जारी,अन्यलाई काठमाडौ ल्याउने तयारी

शनिबार, असोज १२, २०८१

काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाको एकेडेमीमा पहिरोले पुरिएर बेपत्ता भएका ६ जना खेलाडीको खोजी भईरहेको छ ।

बेपत्ता भएका दिवस बाँनिया, प्रियान्स आचार्य, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी र आदित्य वालमपाकीको खोजीकार्य भईरहेको एन्फाले जनाएको छ । मकवानपुरको इन्द्रसरोवर गाँउपालिका वडा नं ३ स्थित वात्सल्यदेवी उच्च मा.वि.मा एन्फाले सञ्चालन गरिरहेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रमा रहेका ६ जनालाई आज बिहान बगाएको थियो ।

पहिरोको जोखममा परेपछि अन्यन्त्र तर्फ लाग्ने क्रममा उनीहरुलाई पहिरोले बगाएको थियो । उक्त स्थानमा रहेका अन्य खेलाडीहरुलाई भने अहिले सुरक्षित स्थानमा राखिएको छ ।

उनीहरुलाई राज्यका विभिन्न निकायहरुसँग आवश्यक पहल तथा समन्वय गरी काठमाडौ ल्याउने प्रयास भइरहेको एन्फाका प्रबक्ता सुरेश शाहले जानकारी दिए ।

 

461577338_837500338542453_5244435215074939589_n-1727520471.jpg


 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्