ADD FOR WEBSIDE ADD FOR WEBSIDE
बाढी/पहिरोको वितण्डा

एन्फाका ६ प्रशिक्षार्थी खेलाडीको शव फेला

शनिबार, असोज १२, २०८१

काठमाडौँ : पहिरोमा परेर मकवानपुरको सिस्नेरीबाट बेपत्ता भएका एन्फा एकेडेमीका प्रशिक्षार्थी ६ जनाको शव फेला परेको छ । 
एकेडेमीबाट शनिवार बिहानै सुरक्षित स्थानतर्फ लैजाने क्रममा पहिरोमा परी बाराका विकल रेग्मी, सर्लाहीका आदित्य बलपाकी, मकवानपुरका अनुप घलान, साइमन योञ्जन, दिवस बानियाँ र काठमाडौंका रियान्स आचार्य बेपत्ता भएका थिए । 
इन्द्रसरोवर गाउँपालिका–४ स्थित बात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले सञ्चालन गरेको आवासीय एकेडेमीबाट प्रशिक्षार्थी खेलाडीलाई सुरक्षित स्थानमा लैजाने क्रममा उनीहरूलाई पहिरोले बगाएको थियो ।

 
उनीहरुको शव शनिबार साँझ फेला परेको मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार ६ जनाकै शव आजै नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ । शव काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । 
सुरक्षित स्थानमा सारिएको अन्य ३० जना प्रशिक्षार्थीलाई पनि काठमाडौं ल्याइएको छ ।

उनीहरुमध्ये केहिलाई अभिभावकको जिम्मा लगाईएको छ भने अन्यलाई सातदोवाटो स्थित एन्फा कम्पेक्समा राखिएको छ ।

461544808_837690318523455_7979115943086291787_n-1727537372.jpg


 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्