ADD FOR WEBSIDE ADD FOR WEBSIDE

टी–२० क्रिकेटमा नेपाल क्यानाडासंग पराजित 

आज ओमानको सामना गर्दै
आइतबार, असोज १३, २०८१

काठमाडौँ : क्यानाडासंगको टी–२० क्रिकेटमा नेपाल पराजित भएको छ ।

शनिवार राती भएको खेलमा नेपाल क्यानाडासंग १४ रनले पराजित भएको हो । जितकालागि क्यानाडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा सवै विकेट गुमाउँदै १०९ रनमा समेटियो । नेपालकालागि कप्तान रोहित पौडेलले सर्वाधिक ३७ रनको योगदान गरेपनि अन्य खेलाडीले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।

कुशल मल्लले १२,देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् । अनिल शाह ९,आशिफ शेख ८ ,कुशल भुर्तेले ७ तथा दिपेन्द्र सिं ऐरीले ६ रन बनाए ।

त्यसअघि क्यानाडाको किङ्गस सीटीमा टस हारेर पहिले ब्याटिङ थालेको घरेलुटोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन जोडेको थियो । उसकालागि साद विज जफारले सर्वाधिक २३ रन जोडे । श्रेयस मोवाले २२ तथा प्रविन कुमारले १९ रन जोडेका थिए ।

नेपाल ,ओमान र क्यानाडा सम्मिलित त्रिकोणात्मक टी–२० आईसिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले आज ओमानसंग खेल्नेछ । यी दुई टोलीबीचको खेल राती ९ः४५ बजे  क्यानाडाको किङ्गस सीटीमा हुनेछ ।

एक दिवसीय सिरिजमा खराब प्रदर्शन गरेको नेपालले टी–२० फरम्याटमा पनि सुधारिएको प्रदर्शन गर्न सकेन । 


 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्