ADD FOR WEBSIDE ADD FOR WEBSIDE

न्यूजल्याण्ड विरुद्धको टेस्ट श्रीलंकाद्धारा क्लीन स्वीप

आइतबार, असोज १३, २०८१

काठमाडौँ : न्यूजल्याण्ड विरुद्धको टेस्ट क्रिकेट श्रीलंकाले क्लीन स्वीप गरेको छ ।

दोस्रो टेस्टमा पनि श्रीलंकाले एक इनिङ्स र १५४ रनले पराजित गर्दै श्रृखला क्लिन स्वीप गरेको हो । सिरिजको पहिलो खेलमा श्रीलंका ६३ रनले विजयी भएको थियो ।  सिरिजको दोस्रो खेल जित्दै श्रीलंकाले न्यूजिल्याण्डलाई २–० ले क्लिन स्वीप गरेको छ ।

Mitchell Santner and Ajaz Patel frustrated Sri Lanka with a fifty stand for the ninth wicket, Sri Lanka vs New Zealand, 2nd Test, 4th day, Galle, September 29, 2024

गालेमा खेलिएको सिरिजको दोस्रो टेस्टमा श्रीलंका न्युजिल्याण्डविरुद्ध पूर्ण रुपमा हावी भएको थियो ।

टस जितेर ब्याटिङ थालेको श्रीलंकाले पहिलो इनिङ्समा ६०२÷५ रन बनाएको थियो ।  यस अवधिमा श्रीलंकाका तीन खेलाडीले शतक हानेका थिए । कामिन्दु मेन्डिसले १६ चौका र ४ छक्काको मद्दतमा १८२ रनको सबैभन्दा ठूलो इनिङ खेलेका थिए ।
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्