ADD FOR WEBSIDE ADD FOR WEBSIDE

टी–२० क्रिकेटमा नेपालले पहिलो जित

सोमबार, असोज १४, २०८१

काठमाडौँ : क्यानाडामा जारी त्रिकोणत्मक टी–२० क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ ।

आइतवार राती भएको खेलमा ओमानलाई ३७ रनले हराउँदै नेपालले पहिलो जित दर्ता गरेको हो । जितकालागि नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा सवै विकेट गुमाउँदै १३९ रनमा समेटियो ।

उसकालागि सौयव खानले सर्वाधिक ४५ रनको योगदान गरे । रफिउल्लाहले ३३ तथा फैयाज बटले १७ रन बनाएपनि अन्य खेलाडीले सम्भलन लायकको प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि क्यानाडाको किङ्गस सीटीमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

नेपालकालागि गुल्शन झाले अविजित रहँदै सर्वाधिक ४० रन जोडे । कुशल मल्लले ३० तथा अनिल शाह र आशिफ शेखले समान २७/२७ रन बनाए ।

कुशल भुर्तेलले २० रन बनाउँदा दिपेन्द्र सिं ऐरी १८ रनमा अविजित रहे । 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्