HAPPY NEW YERA HAPPY NEW YERA

लजिक प्रालिले पायो एनपिएलको कमर्सियल राइट्स

सोमबार, असोज १४, २०८१

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) को कमर्सियल राइट्स ब्रान्ड लजिकले पाएकोे छ।

नेपाल क्रिकेट संघ(क्यान)ले आज एक विज्ञप्ति जारी गर्दै बोलकबोल प्रक्रियामार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ एक संस्करणका लागि ब्रान्ड डिजिटल लजिक प्रालिले प्राप्त गरेको जनाएको छ।

आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो। यस सम्झौतासँगै ब्रान्ड लजिकको सहकार्यमा एनपिएल थप व्यवस्थित र दिगो बनाउने अपेक्षा क्यानको छ।कम्पनीले खेलको प्रचारप्रसार व्यवस्थापन देखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ।

सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ।अब ब्रान्ड लजिकले एनपिएलका खेलहरूलाई देशभर र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्ने अधिकार पाएको छ।

साथै, विभिन्न प्रायोजकलाई समन्वय गर्दै एनपिएलको आर्थिक पक्षलाई थप मजबुत बनाउन काम गर्नेछ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्