ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बर्षाले अवरुद्ध पुलिस र संकटाको खेल बुधवार 

सोमबार, असोज १४, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेल आगामी बुधवार हुने भएको छ ।

अत्याधिक बर्षाका कारण स्थगित भएको नेपाल पुलिस क्लब र संकटा क्लबबीचको खेल बुधवार हुने अखिल नेपाल फुटवलसंघ एन्फाले जनाएको छ ।

एन्फाले आज एक विज्ञप्ती जारी गर्दै पुलिस र संकटाको खेल बुधवार दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोवाटोमा हुने जनाएको हो । 
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्