ADD FOR WEBSIDE ADD FOR WEBSIDE
एभरेष्ट महिला भलिवल

ललितपुर क्विन्सको विजयी सुरुवात

सोमबार, असोज १४, २०८१

काठमाडौँ : एभरेष्ट महिला भलिवल लिगमा ललितपुर क्विन्सले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको उद्धघाटन खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्समाथि ३–१ सेटमा जित निकालेको हो ।  ललितपुरले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट भने गुमाउन पुगेको थियो । दोस्रो सेटमा उत्कृष्ठ पुनरागमन गर्दै काठमाडौँले २५– २१ ले खेल आफ्नो पक्षमा पार्दै सेट १–१ को बराबरीमा पुर्याएको थियो ।

May be an image of 8 people, people playing voleyball and text

तेस्रो सेटमा ललितपुरले बाजी मार्दै खेल २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । चौथो तथा निर्णायक सेटमा ललितपुरले खेल एकपक्षिय रुपमा लिँदै काठमाडौँलाई २५– १९ ले  पाखा लगाउँदै जित हात पार्यो ।

May be an image of 6 people, people playing voleyball and text

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक भईरहेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागि छन् । प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिसले प्रतिस्पर्धा गर्ने छन् ।

 

सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टोली उपाधिका लागि भिड्नेछन् ।

फाइनल असोज १९ गते हुनेछ ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्