ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कर्णाली यश्विजको लगातार दोस्रो जित

मंगलबार, असोज १५, २०८१

काठमाडौँ : एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यश्विजले लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द् (राखेप) कभर्डहलमा मंगलवार भएको खेलमा कर्णालीले गण्डकी थन्डर्सविरुद्ध ३–२ सेटमा जित निकालेको हो । गण्डकीले पहिलो सेट २५–१५ ले सहज रुपमा जितेपनि कर्णालीले त्यसपछिका दुई सेट २५–२२, २५–१७ ले आफ्नो पक्षमा पार्दै कर्णालीले २–१ को अग्रता लियो ।

चौथो सेटमा गण्डकी २५–१९ ले विजयी भएपछि खेल पाचौँ सेटमा लम्बियो । पाँचौं तथा निर्णायक सेटमा १५–१२ को जित निकाल्दै कर्णालीले दोस्रो जित निकालेको हो । जितसँगै कर्णालीले दुई खेलमा पाँच अंक जोडेको छ ।

दुवै खेलमा पराजित गण्डकीको एक अंक छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्