ADD FOR WEBSIDE ADD FOR WEBSIDE

म्यूनिखलाई स्तब्ध पार्दै म्याड्रिड फाईनलमा 

बिहीबार, वैशाख २७, २०८१

काठमाडौँ : बार्यन म्यूनिखलाई स्तब्ध पार्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । सान्टियागो बर्नाबेउ रंगशालमा भएको सेमिफाइनलको दोस्रो लेगमा २–१ र समग्रमा ४–३ को जित निकाल्दै फाइनलमा पुगेको हो । एक गोलले पछि परेको म्याड्रिडले उत्कृष्ठ पुनरागमन गर्दै फाईनलमा स्थान सुरक्षित गरेको हो ।

Real-Madrid-sportshubnews2-1715215430.jpg

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि ६८औं मिनेटमा अल्फोन्सो डेविसले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै समय कायम भने रहन सकेन ।

खेलको ८८ औँँ र निर्धारित समयको अन्तिम समयमा  माटो जोसेलुले गोल गर्दै जित दिलाए । खेल हेर्न रंगाशालामा  ७६ हजार ५ सय ७९ दर्श पुगेका थिए । रियलले अब उपाधिका लागि जर्मन टोली बोरुसिया डर्टमुण्डसँग खेल्नेछ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्