ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काठमाडौं स्पाइकर्सको पहिलो जित

मंगलबार, असोज १५, २०८१

काठमाडौँ : एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सले पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द् (राखेप) कभर्डहलमा मंगलवार सम्पन्न खेलमा काठमाडौंले चितवन शक्तिलाई ३–१ को सेटमा पराजित गरेको हो ।

काठमाडौंले पहिलो सेट २१–२५ ले गुमाएपनि त्यसपछिका लगातार तीन सेटमा जित निकालेको हो । काठमाडौँले चितवन विरुद्ध दोस्रो सेट २५–१०, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले आफनो पक्षमा पारेको हो ।

जितसंगै काठमाडौँले  महत्वपूर्ण ३ अंक जोडेको छ । 

 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्