ADD FOR WEBSIDE ADD FOR WEBSIDE

टी–२० क्रिकेटमा अनिल शाहको लोभलाग्दो प्रर्दशन

मंगलबार, असोज १५, २०८१

काठमाडौँ : नेपाली क्रिकेट टोलीका सदस्य अनिल शाहले टी–२० क्रिकेटमा लोभलाग्दो प्रर्दशन गरेका छन् ।

यसअघि टोलीमा अटाउन नसकेका उनी ओपनरका रुपमा आशिफ शाहसंगको जोडिमा जम्न थालेका छन् । यसअघि आशिफको जोडिका रुपमा रहेका कुशल भुर्तेल जम्न नसकेपछि अनिललाई ओपनर ब्याटरका रुपमा ल्याईएको हो ।

क्यानाडामा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा घरेलु टोली विरुद्धको खेलमा उनले उत्कृष्ट प्रदर्शन गरेका हुन् । सुरुवात देखिनै क्यानाडाका बलरलाई दबाबमा राख्दै उनले छक्का र चौकको बर्षा गराईदिएपछि नेपालले ३ओभरमा ३० रन जाेडेको थियो ।

५ ओभरको समाप्तीमा ४६ रन जोड्दा नेपाललका लागि उनले त्यतिबेला ब्यक्तिगत ३१ रनको योगदान गरे ।

 ३० बलको सामना गरेका उनले तीन छक्का र चार चौका प्रहार गर्दै ४१ रनकाे याेगदान गरे ।

टस हारेको नेपालले सुरुवाती ब्याटिङ गरिरहेको हो ।
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २२:१६
प्रतिक्रिया दिनुहोस्