ADD FOR WEBSIDE ADD FOR WEBSIDE
 त्रिकोणत्मक टी–२० सिरिज

क्यानाडासंग फेरि हार्‍यो नेपाल

अन्तिम खेलमा आज ओमानको सामना गर्दै
बुधबार, असोज १६, २०८१

काठमाडौँ :क्यानाडामा जारी  त्रिकोणत्मक टी–२० सिरिजमा नेपाल घरेलुटोलीसंग पराजित भएको छ ।

बुधवार विहान भएको खेलमा नेपाल क्याानाडासंग ४ विकेटले पराजित भएको हो । जितकालागि नेपालले दिएको १४० रनको लक्ष्य उसले ३ बल बाँकी छँदै भेटायो । क्यानाडालाई जित दिलाउन सादबिन जफर नायक बने । १८ बलको सामना गरेका उनले ४ चौका र एक छक्का प्रहार गर्दै अविजित ३३ रन जोडे ।

कप्तान निकोलस किर्टोनले २६ ,दिलप्रित बजवाले २५ तथा रबिन्द्रपाल सिंले २० रन बनाए ।

त्यसअघि किङ्स सीटीमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । नेपालका लागि अनिल शाहले सर्वाधिक ४१ रनको योगदान गरे ।

शेखले ३० रन बनाउदा गुल्शन झा २३ रनमा अविजत रहे । कुशल भर्तेलले १३ तथा दिपेन्द्र सिँ ऐरीले १२ रन जोडे । करण केसी ८ रनमा अविजित रहे । पहिलो खेलमा पनि नेपाल क्यानाडासंग १४ रनले पराजित भएको थियो ।

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आज ओमानको सामना गर्दैछ । खेल राती ९:४५ बजे किङ्स सीटीमा हुनेछ । 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्