ADD FOR WEBSIDE ADD FOR WEBSIDE

ललितपुर क्वीन्सको लगातार दोस्रो जित

बुधबार, असोज १६, २०८१

काठमाडौँ :एभरेष्ट महिला भलिवल लिगमा ललितपुर क्वीन्सले लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधवार राती भएको खेलमा मद्येश युनाईटेडलाई ३–१ सेटमा पराजित गर्दै दोस्रो जित निकालेको हो । ललितपुरले पहिलो र दोस्रो सेट क्रमश  २५–१५ र  २६–२४ ले आफ्नो पक्षमा पारेपनि तेस्रो सेट २४–२६ ले गुमाउन पुग्यो ।

चौथो सेटमा ललितपुरले २५–२३ को जित निकाल्दै मद्येशलाई पाखा लगायो । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक भईरहेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् ।

प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिसले प्रतिस्पर्धा गर्ने छन् ।

सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टोली उपाधिका लागि भिड्नेछन् ।फाइनल असोज १९ गते हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्