ADD FOR WEBSIDE ADD FOR WEBSIDE

टी–२० अलराउण्डरतर्फको वरियतामा दिपेन्द्रको ऐतिहासिक छलाङ

बुधबार, असोज १६, २०८१

काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका अलराउण्डर दिपेन्द्र सिं ऐरीले टी–२० अलराउण्डरतर्फको वरितयामा छलाङ मारेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जारी गरेको पछिल्लो वरियतामा ऐरी दोस्रो स्थानमा पुगेका हुन् । यसअघि छैटौँ स्थानमा रहेका उनले चार स्थान सुधार गर्दै शिर्ष दुईमा  अटाएका हुन् ।

नेपालको क्रिकेट इतिहासमा अहिले सम्म कुनै पनि खेलाडी वरीयता शीर्ष दुईमा परेका छैनन् । टी–२० अलराउण्डरतर्फको शीर्षस्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् ।

अष्ट्रेलियाका मार्कस स्टोइनिस तेस्रो तथा जिम्बावेका सिकन्दर राजा चौथो स्थानमा रहेका छन् । श्रीलंका वानिन्दु हसरंगा पाँचौ स्थानमा छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्