ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले ओमानलाई ५६ रनले हरायो

बिहीबार, असोज १७, २०८१

काठमाडौँ : क्यानडामा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ ।

बुधवार राती भएको खेलमा नेपालले ओमानविरुद्ध ५६ रनको जित निकालेको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले नटआउट अर्धशतकीय पारी खेले । जितकालागि नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो ।

उसकालागि उसकालागि जिशन मक्सुदले सर्वाधिक ३५ , कप्तान अकिब इलियासले २२ तथा प्रतिक अथावालाले १२ रन बाहेक अन्नयले दोहारो अंकको रन छुन सकेनन् । ओमानलाई सस्तैमा समेट्ने क्रममा कुशल भुर्तेलले ३ विकेट लिए । रिजन ढकाल,रोहि पौडेल र सन्दीप लामिछानले समान २,२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५६ रन जोडे ।

कुशल मल्लले १९,देव खनालले १८ तथा आशिफ शेखले १६ रन जोडे ।

जारी सिरिजमा नेपालको यो दोस्रो जित हो ।  नेपालले दुई २ र २ हारपछि ४ अंक बनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्