ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पुलिसले संकटालाइ हरायो

शुक्रबार, असोज १८, २०८१

काठमाडौँमा :  जारी एन्फा महिला लिगमा नेपाल पुलिसले संकटा क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा आज भएको लिगअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा पुलिसले संकटालाई २–१ गोलले पराजित गरेको हो । पुलिसको जितमा अनुष्का शेर्पा र समीक्षा घिमिरेले एक/एक गोल गरिन् ।

संकटाका लागि  सेलिना अनिमाले एक गोल फर्काइन् । जितसँगै तेस्रो स्थानमा रहँदै पुलिस दोस्रो चरणमा प्रवेश गरेको छ । पुलिसले ९ खेलमा २१ अंक जोडेको छ । संकटा भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्