ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आर्एएिलमा आज पञ्जाब र बैङ्लुरु भिड्ने 

बिहीबार, वैशाख २७, २०८१

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बिहिबार पञ्जाब किङग्स र रोयल च्यालेन्जर्स बैङ्लुरुबीच प्रतिस्पर्धा हुने भएको छ । यी दुई टोलीबीचको खेल हिमाचल प्रदेश क्रिकेट संघ स्टेडियम, धर्मशाला नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुनेछ । समान ११ खेल खेलेको दुबै टोलीको समान ८ अंक भएपनि नेटरनरेटका आधारमा बैङ्लुरु सातौँ तथा पञ्जाब आँठौ स्थानमा छ । 
बुधबार भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्समाथि १० विकेटको शानदार जित निकालेको छ । जितकालागि १ सय ६६ रनको लक्ष्य हैदरावादले ९.४ ओभरमा बिना विकेटको क्षतिमा भेट्टायो ।

haidarabad-sportshubnews-1715217037.jpg

हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले बिस्फोटक ब्याटिङ गरे । हेडले ३० बलमा ८ चौका र ८ छक्कासहित ८९ रनमा अबिजित रहँदा २८ बलको सामना गरेका शर्माले ८ चौका र ६ छक्का प्रहार गर्दै ७५ रनमा अबिजित रहे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । जितसंगै हैदरावाद १२ खेलबाट १४ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०६:५६
प्रतिक्रिया दिनुहोस्