ADD FOR WEBSIDE ADD FOR WEBSIDE
महिला टी–२० विश्वकप

वेष्टईण्डिजद्वारा दक्षिण अफ्रिकासामु  ११९ रनको लक्ष्य 

शुक्रबार, असोज १८, २०८१

काठमाडौँ : आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा वेष्टईण्डिजले दक्षिण अफ्रिकासामु जितकालागि ११९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युएईको दुबई अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको वेष्टईण्डिजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११८ रन बनायो । उसकालागि स्टेफनी टेलरले सर्वाधिक ४४ रनको योगदान गरिन् । शामाइन क्याम्पबेलले १७ रन जोडिन् ।

आजै हुने अर्को खेलमा भारत र न्यूजिल्याण्ड भिड्दै छन् । दुई टोलीबीचको खेल आज राति पौने ८ बजेदेखि सुरु हुने छ ।

अहिलेसम्म विश्वकपमा भारत र न्यूजिल्याण्ड ४ पटक आमने सामने भएका छन् भने दुवैले टोलीले २–२ खेल जितेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्