ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यू–२० काभा भलिबल : पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्दै 

शुक्रबार, असोज १८, २०८१

काठमाडौं:  काभा २० वर्ष मुनिको पुरुष भलिबल च्याम्पियनसीपको खेल तालिका सार्वजनिक भएको छ ।


नेपाल भलिबल एशोसिएसनले असोज २० गते आगामी आइतबारदेखि  २६ गते शनिबारसम्म श्रीलंकामा हुने च्याम्पियनसीपको खेल तालिका सार्वजनिक गरेको हो ।


सार्वजनिक तालिका अनुसार प्रतियोगिताको पहिलो दिनको दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्ने छ । नेपालको खेल दिउँसो ४ बजे हुने तालिका छ । त्यसअघि दिउँसो ३ बजे उद्घाटन सत्र हुने र त्यसअघि नै पहिलो खेल दिउँसो १ बजे उज्वेकिस्तान र काजकिस्तानको खेल हुने तालिका छ ।


आफ्नो दोस्रो खेलमा नेपालले अक्टोबर ७ अर्थात् असोज २१ गते सोमबार दिउँसो २ बजे उज्वेकिस्तानसँग खेल्दा तेस्रो खेलमा २२ गते मंगलबार माल्दिभ्ससँग भिड्ने तालिका छ । 


२० वर्ष मुनिको पुरुष भलिबलमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागको हो । 
नेपालको टोलीमा सुरेश मल्ल, अर्जुन नेपाली, अशोक राना, सूर्य विक, विश्वास अधिकारी, जितबहादुर सार्की,सागर रसौली, लेसमन राहादी,  दिपेश कुँवर, पहल गहतराज, शैलेन्द्र यादव र सुजन सुनार समावेश छन् । 

 

नेपालले कुन कुन देशसँग प्रतिष्पर्धा गर्दैछ ? तालिका हेर्नुहोस्।

11-1728052300.jpg
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्