ADD FOR WEBSIDE ADD FOR WEBSIDE
एभरेष्ट महिला भलिबल लिग

ललितपुरको फाइनल सम्भावना कायमै

शुक्रबार, असोज १८, २०८१

काठमाडौँ : काठमाडौँमा जारी एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सले फाइनल सम्भावना कायमै राखेको छ ।

त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा आज भएको खेलमा चितवन शक्तिलाई ३–१ को सेटमा पराजित गर्दै ललितपुरले शिर्ष दुईको दाबेदारी कायमै राखेको हो । चितवनले पहिलो खेल २५–२० ले आफ्नो पक्षमा पारेपनि त्यसपछिका तीन खेल लगातार गुमाएको थियो ।

ललितपुरले चितवनमाथि २५–२१,२५–१६ र २५–१९ को सहज जित निकालेको हो । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्