ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दक्षिण अफ्रिकासंग वेष्टइण्डिज दश विकेटले पराजित

शुक्रबार, असोज १८, २०८१

काठमाडौँ :आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले वेष्टईण्डिविरुद्ध फराकिलो जित निकालेको छ ।

आज भएको खेलमा दक्षिण अफ्रिकाले वेष्टईण्डिजलाई १० विकेटले पराजित गरेको हो । जितकालागि वेष्टईण्डिजले दिएको ११९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.५ ओभरमा बिना विकेटको क्षतिमा भेटायो ।

दक्षिण अफ्रिकाको जितमा लौरा वोल्भार्ड र ताजमिन ब्रिट्सले बिस्फोटक ब्याटिङ गर्दै अर्धसतकीय पारी खेले । लौराले ५९ तथा ताजमिनले अविपजत ५७ रन जोडिन् ।

त्यसअघि युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको वेष्टईण्डिजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११८ रन बनायो ।

उसकालागि स्टेफनी टेलरले सर्वाधिक ४४ रनको योगदान गरिन् । शामाइन क्याम्पबेलले १७ रन जोडिन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्