ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मद्येशलाई हराउँदै गण्डकीको सुखद् अन्त्य

शुक्रबार, असोज १८, २०८१

काठमाडौँ : काठमाडौँमा जारी एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डर्सले मधेश युनाइटेडलाई सोझो सेटमा पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रवार साँझ भएको खेलमा गण्डकीले मद्येशविरुद्ध २५–१६, २५–१९ र २५–१८ को जित निकालेको हो ।

जितसँगै पाँच खेलमा ६ अंक जोडेको गण्डकीले पाँचौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्