ADD FOR WEBSIDE ADD FOR WEBSIDE
एभरेष्ट महिला भलिबल

कर्णाली र ललितपुर उपाधिकालागि भिड्दै

शनिबार, असोज १९, २०८१

काठमाडौँ :एभरेष्ट महिला भलिबल लिगको उपाधिकालागि आज कर्णाली यश्विज र ललितपुर क्विन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

शुक्रवार राती भएको लिगको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३–१ ले पराजित गरेपछि ललितपुर क्विन्स फाइनलमा पुगेको हो । फाइनल खेल आज ५ ३० बजे बजे त्रिपुरेश्वर स्थित दशरथरंगाशालाको कभर्डहलमा हुनेछ ।

शुक्रवारै भएकोे खेलमा ललितपुर क्वीन्सले चितवन शक्तिलाई ३–१ को सेटमा पराजित गर्दै शिर्ष दुईको दाबेदारी कायमै राखेका थियो । चितवनले पहिलो खेल २५–२० ले आफ्नो पक्षमा पारेपनि त्यसपछिका तीन खेल लगातार गुमाएको थियो ।ललितपुरले चितवनमाथि २५–२१,२५–१६ र २५–१९ को सहज जित निकालेको हो । अपराजित कर्णालीले  ५ खेलबाट १३ अंक जोडेको छ भने दोस्रो स्थानको ललितपुर क्विन्सले ५ खेलबाट १० अंक बनाएको छ । तेस्रो स्थानको काठमाडौंले ९ अंक बनायो ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक भईरहेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागि छन् ।

प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिसले प्रतिस्पर्धा गर्ने छन् ।

 


 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्