ADD FOR WEBSIDE ADD FOR WEBSIDE

न्यूजल्याण्डसंग हार्‍यो भारत 

शनिबार, असोज १९, २०८१

काठमाडौँ :आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा न्यूजल्याण्डले विजयी सुरुवात गरेको छ ।

शुक्रवार राती भएको खेलमा भारतलाई ५८ रनले हराउँदै न्यूजल्याण्डले विजयी सुरुवात गरेको हो । जितकालागि १६१ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा अलआउट हुँदै १०२ रनमा समेटियो ।

भारतकालागि कप्तान हरमनप्रीत कौरले सर्वाधिक १५ रन बनाउँदा अन्य खेलाडीले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् । भारतलाई सस्तैमा समेट्ने क्रममा रोजमेरी मायरले सर्वाधिक ४ तथा ली ताहुहुले ३ विकेट हात पारिन् ।

त्यसअघि युएइको दुवाई अन्तरराष्ट्रिय क्रिकेट रंगाशालामा टस जितेर ब्याटिङ थालेको न्यूजल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । उसकालागि सोफी डेविनले अविजिर रहँदै सर्वाधिक ५७ रनको योगदान गरिन् ।

जितसंगै न्यूजल्याण्ड समुह "ए"को शर्षि स्थानमा उग्लिएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्