ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आयरल्याण्डविरुद्धको एक दिवसीय सिरिज दक्षिण अफ्रिकालाई

शनिबार, असोज १९, २०८१

काठमाडौँ : आयरल्याण्डविरुद्धको एक दिवसीय क्रिकेट सिरिज दक्षिण अफ्रिकाले जितेको छ ।

शुक्रवार भएको दोस्रो खेलमा आयरल्याण्डलाई १७४ रनले हराएसंगै दक्षिण अफ्रिकाले एक खेल अगावै सिरिज जितेको हो । जितकालागि दक्षिण अफ्रिकाले दिएको ३४४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ३०.३ ओभरमा सवै विकेट गुमाउँदै १६९ रन मात्र जोड्न सक्यो ।

उसकालागि क्रेग यंगले सर्वाधिक २९ रनको योगदान गरिन् । गेभिन होईले २३ रन जोडे ।

त्यसअघि युएईको जियाद क्रिकेट रंगाशालामा टस जिते ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३४३ रन बनाएको थियो । उसकालागि ट्रिस्टन स्टब्सले अविजित रहँदै सतकिय पारी खेले । ८१ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गर्दै ११२ रन जोडे ।

यसअघि भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले १३९ रनको जित निकालेको थियो ।

तेस्रो तथा अन्तिम खेल आगमाी सोमवार हुनेछ ।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्